logo-img

जनताले फ्याँकेको राजतन्त्रको एजेन्डा ताजा हुन सक्दैन : खनाल

नेकपा (एकीकृत समाजवादी)का सम्मानित नेता झलनाथ खनालले भूकम्प प्रभावितलाई राहत वितरणमा सरकार गम्भीर हुनुपर्ने बताएका छन् ।

शनिबार काठमाडौंमा समाजवादी प्रेस संगठनले आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा उनले भूकम्पीडितलाई समयमा नै राहत उपलब्ध नभएको गुनासो आएको भन्दै राहत र पुनःस्थापनाका निम्ति सरकार गम्भीर हुनुपर्नेमा जोड दिए ।

भविष्यमा विपद्बाट हुन सक्ने क्षतिको न्यूनीकरण गर्न सरकारले समयमै आवश्यक पूर्वतयारी गर्नुपर्ने उनको भनाइ छ । 

राजतन्त्रको मुद्दा थोत्रो भइसकेको भन्दै उनले जनताले फ्याँकेका एजेन्डा ताजा बन्न नसक्ने बताए । ती एजेन्डाका आधारमा आन्दोलन गर्न खोज्नुले भने गम्भीर प्रश्न उठाएको उनको भनाइ छ । 





  • प्रकाशित मिति : कात्तिक २५, २०८० शनिबार २०:३०:५४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया