टिकटक बन्द गर्न पत्राचार भइसक्यो, २४ घन्टाभित्र बन्द भइसक्छ : दूरसञ्चार प्राधिकरण

नेपाल दूरसञ्चार प्राधिकरणले इन्टरनेट सेवा प्रदायक संस्थाहरूलाई टिकटक बन्द गर्न पत्राचार गरेको छ। 

सोमबार बसेको मन्त्रिपरिषदको निर्णयपछि प्राधिकरणले इन्टरनेट सेवा प्रदायक कम्पनीहरूलाई बन्द गर्न पत्राचार गरिसकेको प्राधिकरणका सहायक प्रवक्ता अच्युतानन्द मिश्रले जानकारी दिए। 

उनका अनुसार टिकटक बन्द गरेकोबारे मुख्यालयलाई पनि खबर गरिएको छ।

‘हामीले सबै इन्टरनेट प्रदायक संस्थाहरूलाई पत्र काटेर टिकटक बन्द गर्न भनेका छौँ, टिकटकको मुख्यालयलाई पनि जानकारी गराइसकेका छौँ। सरकारको निर्णय आउनेबित्तिकै हामीले पत्राचार गरेका हौँ। २४ घन्टाभित्र टिकटक बन्द भइसक्छ,’ उनले भने। 

टिकटक बन्द गर्ने सरकारको निर्णयको सामाजिक सञ्जालमा चौतर्फी विरोध भइरहेको छ। 





  • प्रकाशित मिति : कात्तिक २७, २०८० साेमबार १८:४५:५५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया