logo-img

फूलखेतीमा रमाउँदै युवा कृषक

रुपन्देहीको सैनामैना नगरपालिका–११ स्थित बरौलीकी सुशिला अर्यालले व्यावसायिक फूलखेती सुरु गरेको पाँच वर्ष भयो । पहिले समूहमा आबद्ध भएर काम गरेकी उनले अहिले आफैँ रेसुङ्गा बहुउद्देश्यीय कृषि फार्म सञ्चालन गरेर कृषि व्यवसाय गर्दै आएकी छन् । यस वर्ष चार कट्ठा क्षेत्रफलमा पुष्प खेती गरेको उनले जानकारी दिइन। 

यस वर्ष तिहार केही ढिलो पर्दा उहाँको फूलबारीमा फूल दसैँअघिनै फुल्न सुरु गरेको हो । “यस वर्ष फूल अलि छिटो फुलेको थियो तर दसैँको दुर्गा पूजामा पनि फूलको राम्रो व्यापार भयो”, उनले भने, “तिहार नजिकिएसँगै फूलको माग पनि बढेको छ, यस वर्ष दसैँ र तिहारमा फुलको राम्रो व्यापार भएको छ ।” प्रतिमाला एक सय र फूलको प्रतिकिलो रु पाँच सयसम्ममा बिक्री भइरहेको उनले बताइन । 

यस वर्ष पाँचलाख आम्दानी गर्ने उनको लक्ष्य छ । भारतबाट फूल आयात हुँदा स्थानीय किसानलाई भारतीय फूलसँग प्रतिस्पर्धा गर्न गाह्रो भएको व्यवसायी अर्यालको अनुभव छ । 
चाडपर्व सुरु भएसँगै फूलले बजार पाउन थालेको छ । पछिल्लो समय युवा पुष्प व्यवसायप्रति आकर्षित छन् । फूलको आयात रोक्न युवा लागेका छन् । भारतबाट आउने फूल र मालासँग प्रतिस्पर्धा गर्न भने यहाँका व्यवसायीलाई मुस्किल परेको छ । बुटवलको बजारमा भारतबाट सहजै फूलमाला आउँछ । 



रुपन्देहीको बुटवल उपमहानगरपालिका–१५ चम्कीपुरस्थित फोकस मल्टी एग्रो कन्र्सन एण्ड रिर्सच सेन्टरमा ढकमक्क मखमली र सयपत्री फूल फुलेका छन् । दीपावली सुरूसँगै फार्ममा आबद्ध युवालाई फूलबारीमा फूल टिप्न र माला गाँस्न व्यस्त छन् । सञ्चालकसहित कृषि विषय अध्ययन गरेका विद्यार्थी ओजेटिको लागि आएकासमेत फूल टिप्न र माला बनाउन व्यस्त छन् ।

फार्मका प्रबन्ध निर्देशक राजेश कुँवरले पाँच जना युवा मिलेर विगत चार वर्षदेखि कृषि फार्म सञ्चालन गर्दै आएको बताए । कृषि विषय अध्ययन पूरा गरेका तथा पढ्दै गरेका युवा सरोज भट्टराई, किरण तिमिल्सिना, सञ्जय ज्ञवाली र विवेक ज्ञवालीसमेत फार्मका सञ्चालक छन् । सुरुमा दुई लाख लगानीमा सञ्चालन गरिएको फार्ममा अहिले करिब ३० लाख रुपैयाँबढी लगानी पुगेको उनी बताउँछन् । 





  • प्रकाशित मिति : कात्तिक २८, २०८० मंगलबार ८:५९:४५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया