logo-img

काष्ठमण्डपमा अञ्जली दिदीको सामूहिक भाइटीका

काठमाडौंको वसन्तपुरस्थित काष्ठमण्डपमा अञ्जली दिदी (मास्के)ले दिदीबहिनी नभएका दाजुभाइलाई तिहारको सामूहिक टीका लगाइदिएकी छिन् ।

वि.सं २०५५ सालदेखि निरन्तर सामूहिक भाइटीका लगाउँदै आएकी अञ्जली दिदीले आज करिब दुई सय जनाभन्दा बढी दाजुभाइलाई सप्तरंगी टीका र मखमलीको माला लगाइदिएकी छिन् ।

दिदीसँग टीका लगाउन विभिन्न उमेर समूहका दाजुभाइ काष्ठमण्डपको मरु सत्तलमा भेला भएका थिए । काष्ठमण्डपमा सामूहिक टीकाका लागि एक सय ५० भन्दा बढी मण्डप बनाइएको अञ्जलीले जानकारी दिइन् ।



दिदीबहिनी नभएका दाजुभाइको निधार खाली नहोस् भनेर आफूले तिहारको टीका लगाइदिएको उनको भनाइ छ । आफूले यही स्थानमा निरन्तर २५ वर्षदेखि सामूहिक भाइटीका लगाइदिँदै आएको जानकारी दिँदै दिदीले यस वर्ष पनि उही सम्मान, माया र निःस्वार्थ भावले टीका लगाइदिन पाउँदा अत्यन्त खुसी भएको बताइन् ।

अञ्जली दिदीले २५ वर्षसम्म निरन्तर आफूसँग तिहारको टीका लगाउने दाजुभाइलाई विशेष उपहार प्रदान गरेकी छिन् । काठमाडौंको मरु निवासी नरेश श्रेष्ठ अञ्जली दिँदीसँग सप्तरंगी टीका लगाउन पाउन प्रशन्न छन् ।

उनले तिहारमा निधार खाली तथा मन खल्लो नहोस् भनेर अञ्जली दिदीसँग टीका लगाउन आएको बताए । मण्डपमा बसेका दाजुभाइलाई अञ्जली दिदीले सप्तरंगी टीका, माला र सगुन प्रदान गरेकी थिइन् ।





  • प्रकाशित मिति : कात्तिक २९, २०८० बुधबार १६:४१:४९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया