इजरायली प्रधानमन्त्रीको स्वीकारोक्ति : गाजामा सर्वसाधारणको मृत्यु कम गर्न सकेनौँ

इजरायलका प्रधानमन्त्री बेन्ज्यामिन नेतान्याहूले आफ्ना सेना गाजामा जारी युद्धमा सर्वसाधारणको मृत्यु कम गर्न असफल भएको स्वीकार गरेका छन् । अमेरिकी च्यानल सिबिएसलाई अन्तर्वार्ता दिँदै उनले यस्तो बताएका हुन् । 

इजरायाली सेनाले युद्धमा सर्वसाधारण नागरिक नमारिउन् भनेर प्रयास गरिरहेको तर त्यसमा असफल भएको उनले बताए । उनले सर्वसाधारण मारिनुमा हमास जिम्मेवार रहेको आरोप पनि लगाए । 

इजरायली सेनाले हमासलाई ध्वस्त पार्न खोजेको, तर हमासले सर्वसाधारणलाई मानव ढाल बनाएको उनले बताए । 

हमासले इजरायलमाथि हमला गरेर अपहरण गरेकाहरुलाई गाजाको अल सिफा अस्पतालमा राखेकाले इजरायली सेना सो अस्पतालमा प्रवेश गरेको नेतान्याहूको दाबी छ ।





  • प्रकाशित मिति : मंसिर १, २०८० शुक्रबार १९:४५:३५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया