पहिलो चौमासिकमा काठमाडौं महानगरले उठायो ३ अर्ब राजस्व

काठमाडौं महानगरपालिकाले चालू आर्थिक वर्षको पहिलो चौमासिकमा २ अर्ब ९२ करोड ९६ लाख नौ हजार राजस्व असुल गरेको छ । उक्त रकम गत आवको सोही अवधिको भन्दा रू १७ करोडले बढी हो ।  

कामपाले गत आवको पहिलो चौमासिकमा २ अर्ब ७५ करोड ९८ लाख ६४ हजार राजस्व असुल गरेको कामपाको राजस्व विभागका प्रमुख धुव्र काफ्लेले जानकारी दिए ।

उनका अनुसार चालु आवको चार महिनामा सबैभन्दा धेरै घरबहाल कर ८१ करोड ९२ लाख र सम्पत्ति कर ४१ करोड ८६ लाख असुल भएको छ  । कामपाले चालू आवका लागि १० अर्ब ८० करोड राजस्व असुलको लक्ष्य लिएको छ । 

पछिल्लो समय कामपामा बहाल कर तिर्ने करदाता बढेकाले राजस्व रकम बढेको विभागका प्रमुख काफ्लेको भनाइ छ । गत वर्षभन्दा यस वर्ष सम्पत्ति करमा मात्रै ६ सय ४८ करदाता बढेका छन् ।  

अहिले कामपामा तीन लाखभन्दा बढी करदाता रहेका काफ्लेले जानकारी दिए । राजस्व सङ्कलनको काम वडा कार्यालयबाटै हुन थालेसँगै पछिल्लो समय लामो समयदेखिको बक्यौता रकमसमेत उठ्न थालेको उनले बताए । कामपाले ३२ वटै वडा कार्यालयबाट राजस्व सङ्कलन गर्न थालेसँगै लामो समयदेखि असुलउपर हुन नसकेको बक्यौता रकम उठ्न थालेको काफ्लेको भनाइ छ ।   





  • प्रकाशित मिति : मंसिर ६, २०८० बुधबार १४:३१:६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया