बझाङमा जन्ती बोकेको जिप दुर्घटना : दुईजना घाइते
फाइल तस्बिर

बझाङमा जन्ती बोकेको जिप दुर्घटना हुँदा दुईजना घाइते भएका छन् । शुक्रबार दिउँसो जिल्लाको छबिसपाथिभेरा गाँउपालिकाबाट जन्ती लिई सुर्मा गाँउपालिका फर्किँदै गरेको १६ जना सवार सु.प.प्र०४००१ ज ००१९ नम्बरको जिप दुर्घटना भएको हो ।

दुर्घटनामा सुर्मा गाँउपालिका–५ का ३० वर्षीय खगेन्द्र जेठारा र सोही ठाँउका १७ वर्षीय समु बोहरा रहेका छन् । घाइतेमध्ये जेठाराको टाउकोमा र बोहराको हातखुट्टामा चोट लागेको छ ।  

उनीहरूको जिल्ला अस्पताल सिमखेतमा उपचार भइरहेको छ । जिप छबिसपाथिभेरा गाँउपालिका–५ खतेडामा अनियन्त्रित भएर दुर्घटनामा परेको थियो ।

केही दिनअघि मात्र सोही गाउँपालिका–७ मा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको थियो । 
 





  • प्रकाशित मिति : मंसिर ८, २०८० शुक्रबार १६:६:२३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया