मुलुकलाई समृद्ध बनाउन महिलालाई नेतृत्वमा लैजानुपर्छ : अष्टलक्ष्मी शाक्य

नेकपा (एमाले) की उपाध्यक्ष एवं पूर्वमन्त्री अष्टलक्ष्मी शाक्यले संघीय लोकतन्त्रक गणतन्त्रलाई संस्थागत गर्न सबै दलहरू मिलेर अघि बढ्नुको विकल्प नरहेको बताएकी छन् ।  

उनले संविधानको प्रभावकारी कार्यान्वयनको बाटोबाट संघीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्ने काममा सबै दलहरू नमिली सुखै नभएको पनि दोहोर्याएकी हुन् ।

ललितपुरमा आयोजित ‘राजनीतिको महिलाकरण’ विषय अन्तरक्रिया कार्यक्रममा बागमती प्रदेशकी पूर्वमुख्यमन्त्री समेत रहेकी शाक्यले जनताको बलिदानपूर्ण संघर्षबाट प्राप्त संघीय लोकतान्त्रिक गणतन्त्रले समाजवादमा जाने लक्ष्य किटान गरेकाले सबै राजनीतिक दलहरूले संविधानको कार्यान्वयनमा जोड दिएर अघि बढ्नुपर्ने आवश्यकता पनि औंल्याइन् ।

उनले मुलुकलाई समृद्धिको बाटोमा लैजाने कामका लागि महिलालाई नेतृत्वदायी भुमिकामा पुर्‍याउनुपर्ने बताइन् । शाक्यले सामन्तवादी सोचको अवशेषको रूपमा रहेको पितृसतात्मक सोचलाई अन्त्य गर्न वैचारिक संघर्षलाई तीब्रता दिनुपर्नेमा पनि जोड दिइन् ।   

‘राजतन्त्र हटाएर संघीयतासहितको गणतन्त्र ल्यायौँ । अहिले संविधानले समाजवादीको लक्ष्य बोकेको छ । उपलब्धिहरू धेरै भएका छन् । अहिले हाम्रो काम भनेको आन्दोलनबाट उपलब्धि भएको छ । त्यो उपलब्धिलाई रक्षा गर्ने मात्रै होइन, त्यसलाई प्रभावकारी कार्यान्वयन गर्ने हाम्रो दायित्व हो,’ शाक्यले भनिन्, ‘हामी सबै दलहरूको हो । त्यो नगरी सुखै छैन । यसो भएको हुनाले बलिदानबाट ल्याएको संविधान, बलिदानबाट ल्याएको संघीय लोकतान्त्रिक गणतन्त्रलाई जोगाउने, बचाउने र यसलाई संस्थागत गर्ने तथा समृद्ध नेपाल निर्माण गर्ने हाम्रो महत्वपूर्ण दायित्व हो ।’



कार्यक्रममा एमालेकी स्थायी समिति सदस्य एवं पूर्वसांसद डा. विन्दा पाण्डेले संविधानमा व्यवस्था गरेको समावेशी प्रतिनिधित्वको सवालमा महिला आफैं स्पष्ट हुनुपर्ने बताइन् ।



उनले महिलाले पार्टीबाट प्रतिनिधित्व गरेर गए पनि सबै जनताको प्रतिनिधिको रुपमा आफू रहेको कुरालाई मनन गर्दै सोही अनुसार काम गर्नुपर्ने स्मरण गराइन् । पाण्डेले लिंगभेदको अन्त्य गर्ने कामको सुरुवात भने घरैबाट गर्नुपर्ने दोहोर्याइन् ।  

  • प्रकाशित मिति : मंसिर ८, २०८० शुक्रबार १७:४८:१४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया