युद्धविरामको पहिलो दिन हमासले रिहा गर्‍यो २४ बन्धक

प्यालेस्टाइनको विद्रोही समूह हमासले युद्धविरामको पहिलो दिन शुक्रबार २४ जना बन्धकलाई रिहा गरेकाे छ । यस्तै, इजरायलले पनि ३९ जना प्यालेस्टाइनी कैदीबन्दी रिहा गरेको छ । 

रिहा हुनेमा २४ जना महिला र १५ जना किशोर-किशोरी रहेको एपीले उल्लेख गरेको छ । उनीहरूमध्ये केही इजरायली सैनिकहरूमाथि आक्रमण र हत्याको प्रयास गरेको अभियोगमा र केही सामान्य ढुंगामुढा गरेको आरोपमा सजाय काटिरहेका थिए ।  

थाइल्याण्डका प्रधानमन्त्री स्रेथा थाविसिनले १२ जना थाइ नागरिक रिहा भएको बताएका छन् ।     

केही दिनअघि हमासले इजरायलबाट बन्धक बनाएर गाजा पुर्‍याएको इजरायली र अन्य २६ मुलुकका गरी २३९ जनामध्ये पहिलो चरणमा ५० जना बन्दीलाई मुक्त गर्ने सहमति भएको थियो । 

बदलामा इसराइलले गजामा आक्रमण नगर्ने र इजरायली जेलमा रहेका १५० जना कैदीलाई रिहा गर्ने सहमति भएको थियो । 





  • प्रकाशित मिति : मंसिर ८, २०८० शुक्रबार २२:४९:१३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया