पिएसजीको फराकिलो जित

फ्रेन्च लिग वान फुटबलमा पेरिस सेन्ट जर्मेइन (पिएसजी) ले शीर्ष स्थानमा ४ अंकको अग्रता लिएको छ । शुक्रबार राति भएको खेलमा मोनाकोलाई ५–२ गोल अन्तरले पराजित गर्दै पिएसजीले स्पष्ट ३ अंक लिएपछि शीर्ष स्थानमा ४ अंकको अग्रता बनाएको हो ।

पीएसजीको जीतमा गोनकालो रामोसले १८ औं मिनेटमा गोल गर्दै अग्रता दिलाएका थिए । २२ औं मिनेटमा मोनाकोका लागि टाकोमी मिनामिनोले गोल गर्दै खेल १–१ को बराबरीमा ल्याएका थिए । 

३९ औं मिनेटमा केलियन एम्बाप्पेले पेनाल्टीमा गोल गर्दै पिएसजीलाई २–१ को अग्रता दिलाए । पहिलो हाफ २–१ मा सकिएको थियो । खेलको ७० औं मिनेटमा ओस्मान डेम्बेलेले गोल गर्दै पिएसजीलाई फराकिलो जिततर्फ अग्रसर गराएका थिए ।

तर, ७५ औं मिनेटमा फोर्लिन वोलोगनले गोल गरेपछि मोनाकाले अन्तर ४–२ झारेको थियो । दोस्रो हाफको अतिरिक्त छैटौं मिनेटमा रानडाल मुनाइले गोल गरेपछि पीएसजी अन्ततः ५–२ को फराकिलो अन्तरले जित निकाल्न सफल भयो । 

जितपछि शीर्ष स्थानमा रहेको पिएसजीले १३ खेलबाट ३० अंक बनाएको छ भने दोस्रो स्थनमा रहेको नाइसले १२ खेलबाट २६ अंक बनाएको छ । पिएसजीसँग पराजित भएको मोनाको भने १३ खेलबाट २४ अंकका साथ तेस्रो स्थानमा छ ।





  • प्रकाशित मिति : मंसिर ९, २०८० शनिबार १०:४:५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया