चिकित्सा क्षेत्रमा सुधार नचाहनेको विरुद्ध लागेको छु : स्वास्थ्य मन्त्री बस्नेत

स्वास्थ्य मन्त्री मोहनबहादुर बस्नेतले चिकित्सा शिक्षा क्षेत्रमा सुधार नचाहनेको विरुद्धमा आफू अघि बढेको भन्दै त्यसमा सबैले साथ दिनुपर्नेमा बताएका छन् । 

आज ट्रमा सेन्टरको १०औँ बार्षिक उत्सव कार्यक्रममा बोल्दै उनले चिकित्सा क्षेत्रमा देखिएको समस्या समाधान र स्वास्थ्य क्षेत्र सुधारको लागि चिकित्सा शिक्षा ऐन संशोधनमा आफूले अघि सारेको प्रस्तावले हाल डाक्टर नर्सले भोगिरहेको समस्या समाधान हुने दाबी गरे ।

अनुभवी डाक्टर, नर्सले आफ्नो दक्षता र क्षमताको आधारमा पढाउन पनि पाउने र काम गर्न पनि पाउने व्यवस्था रहेको उनको भनाई छ । त्यसले उनीहरुको आर्थिक अवस्था सुधार हुने उनले धारणा छ । 

उनले संशोधनमा आफूले नर्स र डाक्टरले कामसँगै आफ्नो क्षमता र दक्षताको आधारमा पढाउन पाउने कुरालाई जोड दिएर प्रस्तावमा समेटेको र सो प्रस्तावको प्रधानमन्त्रीले समेत प्रशंसा गरेको उल्लेख गरे ।

उनले भने, ‘नेपाललाई चिकित्सा शिक्षाको हब बनाउन सक्ने वातावरण र हैसियत हुँदाहुँदै पनि हाम्रो बुद्धिमा खिया लागेर हो वा हामी कसैको बहकाउमा लागेर दलाली गर्न खोजेर हो हामी अल्मलिएका छौ । अब कसैका पछि लागेर हिँड्ने होइन सहीलाई सही र गलतलाई गलत भन्न सक्नुपर्छ ।’ 





  • प्रकाशित मिति : मंसिर ९, २०८० शनिबार १२:३५:४१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया