logo-img

सेयरमा सुधारको संकेत, यो साता ८ अंकले वृद्धि

तिहार र छठपछि खुलेको शेयर बजारमा पहिलो साताको कारोबार अवस्था हेर्दा सुधारको संकेत देखिएको छ । यो साता नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक आठ दशमलव ११ अंकले बढेर १ हजार ८ सय ६० दशमलव २० को विन्दुमा कायम छ ।

यो साताको पहिलो कारोबार सोमबार भएको थियो । १ हजार ८ सय ५२ दशमलव ०९ को विन्दुबाट कारोबार सुरु भएको नेप्से परिसूचकमा पहिलो दिन झिनो अंकको सुधार देखिएको थियो । सोमबार नेप्से परिसूचक एक दशमलव ३९ अंकले बढेर एक हजार आठ सय ५३ दशमलव ४८ अंकमा कायम भएको थियो ।

सातामा कारोबारको दोस्रो दिन नेप्से परिसूचकमा २३ दशमलव ८२ अङ्कको गिरावट देखियो । मङ्गलबार परिसूचक एक दशमलव २८ प्रतिशतले घटेर एक हजार आठ सय २९ दशमलव ६५ को विन्दुमा कायम भएको थियो ।



त्यस्तै, तेस्रो दिन बुधबार परिसूचक २० दशमलव ६७ अङ्कले बढेर १ हजार ८ सय ५० दशमलव ३३ अङ्कमा कायम भएको थियो भने साताको अन्तिम दिन बिहीबार नौ दशमलव ८७ प्रतिशतले बढेर १ हजार ८ सय ६० दशमलव २० अङ्कमा कायम भएको छ ।

यो सातामा ४ अर्ब ४८ करोड ५२ लाख ४३ हजार पाँच सय ३९ बराबरको कारोबार भएको छ । सातामा कारोबार भएका शेयर सङ्या एक करोड ५६ लाख २८ हजार चार सय ६२ कित्ता बराबर रहेको छ ।
     
यो साताको पहिलो दिनको कारोबारपछि २८ खर्ब ५७ अर्ब ७५ करोड ९० लाख १० हजार रुपैयाँ बराबर रहेको बजार पुँजीकरण अन्तिम दिनको कारोबारपछि २८ खर्ब ६८ अर्ब १२ करोड ३ लाख ६० हजार रुपैयाँ कायम भएको छ । एक सातामा बजार पुँजीकरण १० अर्ब ३६ करोड १३ लाख ५० हजार रुपैयाँले बढेको हो । 





  • प्रकाशित मिति : मंसिर ९, २०८० शनिबार १७:५३:१६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया