पाकिस्तानमा सपिङ मलमा आगलागी : ११ को मृत्यु, ३५ जना घाइते

पाकिस्तानको व्यापारिक राजधानी कराँचीस्थित सपिङ मलमा शनिबार आगलागी हुँदा कम्तीमा ११ जनाको मृत्यु हुनुका साथै ३५ जना घाइते भएका छन् । दक्षिणी बन्दरगाह सहरस्थित छ तले भवनको चौथो तलामा आगलागी हुँदा ६० जनाभन्दा बढी मल भित्र रहेका  थिए । 

‘हाम्रा उद्धारकर्मीहरूले अहिलेसम्म ११ जनाको शवलाई अस्पतालमा लगेका छन्,’ उद्धार सेवा सञ्चालन गर्ने चिप्पा कल्याणकारी संस्थाका प्रवक्ता शाहिद हुसेनले भने । उनका अनुसार ३५ जना घाइते भएका छन्, घाइतेमध्ये सात जनाको अवस्था गम्भीर छ र गम्भीर जसमध्ये कम्तीमा ४० जनाको उद्धार गरिएको छ । 

प्रान्तीय स्वास्थ्य मन्त्रालयका प्रवक्ता शब्बीर अलीले मृत्यु हुनेको सङ्ख्या र घाइतेको सङ्ख्या पुष्टि गरेका छन् । जेनेरेटर सर्ट भएर भएको आगलागी भवनको दुई तलासम्म फैलिएको हुसेनल बताएका छन् ।  

कमजोर सुरक्षा कानुन र भवन संहिताका साथै ढिलो कार्यान्वयनको अर्थ पाकिस्तानमा ठूला भवनमा आगलागी हुने गरेको छ । सन् २०१२ मा पश्चिमी कराँचीको बलदिया टाउनमा रहेको एउटा कपडा कारखानामा आगलागी हुँदा कम्तीमा २ सय ५० जना मजदुरको मृत्यु भएको थियो ।





  • प्रकाशित मिति : मंसिर ९, २०८० शनिबार १९:१८:१६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया