logo-img

योगेश भट्टराई सवार गाडी पहिचानवादीद्वारा तोडफोड

पहिचानवादीले एमाले सचिव योगेश भट्टराई सवार गाडी तोडफोड गरेका छन् । प्रतिनिधिसभाका सांसदसमेत रहेका भट्टराई ताप्लेजुङबाट काठमाडौं फर्कने क्रममा गाडी तोडफोड भएको हो । 

सदरमुकाम फुङलिङको बसपार्कनजिकै पहिचान पक्षधरले आक्रमण गरेर भट्टराई सवार गाडी तोडफोड गरेको एमलेले जनाएको छ । सात–आठजनाको समूहमा आएर भट्टराई सवार गाडीमा ढुंगा र लाठीले हानेको प्रत्यक्षदर्शीले बताएका छन् । 

भट्टराईको गाडीलाई सशस्त्र र नेपाल प्रहरीको स्कर्टिङमा लगिएको थियो । आक्रमणकारीले हानेको ढुंगा भट्टराई सवार गाडीको अगाडिको भागमा लाग्दा सिसा फुटेर छरपस्ट भएको छ । 

मान्छे भने कोही घाइते नभएको एमालेले जनाएको छ । यसअघि भट्टराई उपस्थित कार्यक्रमस्थलमा एमाले र पहिचानवादी पक्षधर कार्यकर्ताबीच झडप भएको थियो ।





  • प्रकाशित मिति : मंसिर १०, २०८० आइतबार १७:४९:६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया