चितवनमा ७८ जना एचआइभी संक्रमित थपिए

सन् २०२३ को ११ महिनामा जिल्लामा ७८ जना एचआइभीबाट संक्रमित भएका पुष्टि भएको छ । ३६औँ विश्व एड्स दिवसका अवसरमा एड्स हेल्थ फाउण्डेसन नेपाल भरतपुर अस्पतालले पत्रकार सम्मेलन गरेर सो जानकारी दिएको हो । 

फाउण्डेसनका अनुसार चार सय २५ जनाको परीक्षण गर्दा ७८ जनामा एचआइभी संक्रमण पुष्टि भएको हो । परीक्षण गरिएकामध्ये ४० जना पुरुष, ३३ जना महिला, तीनजना तेस्रो लिंगी र दुईजना बालबालिका छन् । संक्रमण पुष्टि भएकामा चितवनका ३६ जना र बाहिरी जिल्लाका ४२ जना छन् । 

जिल्लामा अहिलेसम्म दुई हजार तीन सय १९ जनामा एचआइभी संक्रमण पुष्टि भएको छ । पत्रकार सम्मेलनमा दिएको जानकारीअनुसार एक हजार दुई सय १० जना पुरुष, नौ सय २३ जना महिला, २४ जना तेस्रो लिंगी र एक सय ६२ जना बालबालिका छन् । 





  • प्रकाशित मिति : मंसिर १४, २०८० बिहीबार १८:४३:१८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया