आज ३६ औँ विश्व एड्स दिवस मनाइँदै

आज डिसेम्बर १ अर्थात् विश्व एड्स दिवस, विश्वभर एड्सविरुद्ध विभिन्न जनचेतनामूलक कार्यक्रम गरी मनाइँदै छ।‘समुदायको नेतृत्वमा एड्सको अन्त्य’, भन्ने नारासहित देश भर चेतनामूलक कार्यक्रम गरी ३६ औँ विश्व एड्स दिवस मनाइँदै छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयअन्तर्गतको राष्ट्रिय एड्स तथा यौन रोग नियन्त्रण केन्द्रले एड्ससम्बन्धी चेतना र सन्देशमूलक कार्यक्रम आयोजना गरी यो दिवस मनाइँदै छ।

सन् १९८१ मा पहिलो एचआइभी सङ्क्रमित फेला परेदेखि सन् २०२२ को अन्त्यसम्ममा विश्वभर आठ करोड ५६ लाख जनामा सङ्क्रमण पुष्टि भएको छ । सङ्क्रमणका कारण चार करोड चार लाखजनाको मृत्यु भइसकेको छ । विश्वमा हरेक दिन तीन हजार ६ सय मानिस एचआइभी सङ्क्रमित हुने गरेका छन् ।

केन्द्रका अनुसार नेपालमा सन् २०२२ को अन्त्यसम्म ३० हजार व्यक्तिमा एचआइभी सङ्क्रमण भएको अनुमान छ । नेपालमा हरेक दिन एकजना एचआइभीबाट सङ्क्रमित हुने गरेको केन्द्रले प्रक्षपण गरेको छ ।

एचआइभी एड्स सम्बन्धी प्रभावकारी रोकथाम, हेरचाह सहयोग तथा उपचार सेवाका लागि विश्वव्यापी ध्यानाकर्षण गर्दै बृहत रुपमा जनचेतना जगाउने र भावी कार्यक्रममा बहुपक्षीय संलग्नता र सहभागिता बढाउने अभिप्रायले सन् १९८८ देखि विश्व एड्स दिवस मनाउन थालिएको हो । 

आजको दिन एचआइभी संक्रमणले गर्दा ज्यान गुमाएका सम्पूर्ण संक्रमितहरुको आत्माको चिर शान्तिका लागि दिप प्रज्वलन गर्ने,रोगबारे विभिन्न जनचेतनामुलक कार्यक्रम,गोष्ठीलगायतका कार्यक्रम गरी समुदायस्तरमा रोगबारे सचेत गराइन्छ । 



एचआइभीबारे संसारभर नै थ्रि जिरो अर्थात् तीन शुन्यको अवधारणा रोग बाट हुने मृत्यु र नयाँ संक्रमित दर शून्यमा झार्ने तथा संक्रमितलाई भेदभाव हुनबाट रोक्न थ्रि जिरो चर्चित मानिन्छ ।

जसमा पहिलो जिरोले एचआइएभी संक्रमितको मृत्युदर शून्यमा पुर्याउने,दोस्रो जिरोले नयाँ एचआईएभी संक्रमित दर शून्यमा पुर्याउने एवं तेस्रोले एचआइभी संक्रमितप्रतिको भेदभाव दर शून्यमा पुर्याउने कतिबद्धता गरेको जनाउँदछ । 



  • प्रकाशित मिति : मंसिर १५, २०८० शुक्रबार ८:५३:३७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया