अर्थतन्त्रप्रति निजी क्षेत्र ढुक्क हुने अवस्था छैन : मल्ल

नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लले अर्थतन्त्र सुधारका लागि सरकारले गरेको प्रयासलाई हेरेर निजी क्षेत्र ढुक्क हुने अवस्था नभएको बताएका छन् । उनले अर्थतन्त्रलाई सकारात्मक बनाउन देशको हित हुने गरी सबै एक ठाउँमा उभिनुपर्नेमा जोड दिए ।

आज काठमाडौंमा आयोजित नेपाल आर्थिक पत्रकार समाज (सेजनको) २७ औँ वार्षिकोत्सव तथा सम्मान कार्यक्रममा उनले अर्थतन्त्रको सुधारको लागि सरकारले निजी क्षेत्र,सम्बन्धित अर्थका निकायहरू तथा राजनीतिक नेतृत्वसँग संवाद सुरुवात गरेको स्मरण गर्दै उनले त्यसलाई निरन्तरता दिनुपर्ने बताए  । 

उनले जडीबुटीजन्य र हस्तकलाजन्य बस्तु उत्पादनको निर्यातमा प्रवर्द्धन गर्नुपर्नेमा सरकारको ध्यानाकर्षण गराए । अर्थतन्त्रको सुधार हालको सरकार र निजी क्षेत्रको पहलमा मात्र सम्भव हुनेमा उनी ढुक्क नभएको बताउँछन्। 

उनले भने, ‘केही दिन अगाडिबाट प्रधानमन्त्रीज्यूले अर्थतन्त्रलाई सकारात्मक र सुधार कसरी गर्ने भनेर राजनीतिक दल, सरोकारवाला र निजी क्षेत्रलाई बोलाएर एउटा संवादको सुरुवात गरेको छ । यो छलफलले निरन्तरता पाउनुपर्छ, अझै पनि हामी अर्थतन्त्रको अवस्थालाई लिएर ढुक्क भएका छैनौ । सरकार निजी क्षेत्र, बैंकर्स सबै मिलेर अर्थतन्त्र सुधारको लागि देशको हित हुने कुरामा हामी सबै एकै ठाउँमा उभिनुपर्छ ।’ 





  • प्रकाशित मिति : मंसिर १५, २०८० शुक्रबार ११:१२:२५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया