अर्थतन्त्रको स्थायित्वका लागि सरकार र निजी क्षेत्र एक ठाउँ उभिनुपर्छ : मन्त्री खड्का

रक्षा मन्त्री पूर्णबहादुर खड्काले देशमा अर्थतन्त्रको स्थायित्वका लागि सरकार र निजी क्षेत्र एक ठाउँमा उभिन आवश्यक रहेको बताएका छन् । 

शुक्रबार काठमाडौंमा आयोजित नेपाल आर्थिक पत्रकार समाज (सेजेन) को २७औँ वार्षिकोत्सव कार्यक्रमलाई सम्बोधन गर्दै उनले अर्थतन्त्रमा देखिएका सबै समस्यामा सरकार गम्भीर रहेको भन्दै अर्थतन्त्रको स्थायित्वको लागि सरकार र निजी क्षेत्र एक ठाउँमा उभिन आवश्यक रहेको बताएका हुन् । 

उनले भने, ‘सरकार र निजी क्षेत्र लगायतका संस्थाहरू एकै ठाउँमा उभिएर अर्थतन्त्रको स्थायित्वका लागि रचनात्मक संवाद र सहकार्य समानात्मक ढंगले अघि बढ्नु आवश्यक छ । अर्थतन्त्रमा देखिएका सबै समस्यामा सरकार गम्भीर छ । सुधार प्रयासहरू भइरहेको छ ।’

मन्त्री खड्काले बढ्दो आयात र घट्दो निर्यातको कारण अर्थतन्त्र दबाबमा परिरहेको टिप्पणी गरे । विषम परिस्थितिमा मुलुकको आर्थिक स्थायित्व कायम गर्दै लगानीको वातावरण सुधार गरी रोजगारी बढाउन सबैले प्रयास कायम राख्नुपर्नेमा उनले जोड दिए ।

उनले भने, ‘यो विषम परिस्थितिमा मुलुकको आर्थिक स्थायित्व कायम गर्दै लगानीको वातावरण सुधार गरी रोजगारी बढाउन सम्पूर्ण प्रयासलाई कायम राख्नु आवश्यक छ । बढ्दो आयात र घट्दो निर्यातका कारण हाम्रो अर्थतन्त्र दबाबमा परिरहेको छ ।’  





  • प्रकाशित मिति : मंसिर १५, २०८० शुक्रबार १२:४०:५५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया