७ गोल भएको खेलमा फुलहमविरुद्ध लिभरपुलको रोमाञ्चक जित

इंग्लिस प्रिमियर लिगमा लिभरपुलले फुलहमविरुद्ध ४–३ को रोमाञ्चक जित निकालेको छ । गएराति घरेलु मैदान एनफिल्डमा सम्पन्न खेलमा लिभरपुलले २०औँ मिनेटमा अग्रता पाएको थियो ।

ट्रेन्ट अलेकज्याण्डर–आर्नोल्डको फ्रिकिक क्रसबारमा लागेर फर्किदा फुलहमका गोलरक्षक लेनोलाई लागेर आत्मघाती गोल भयो । तर, लिभरपुलको अग्रता लामो समयसम्म टिक्न सकेन । उसका लागि २४औँ मिनेटमा ह्यारी विल्सनले गोल गर्दै खेललाई बराबरीमा ल्याए ।  

३८औं मिनेटमा लिभरपुलले फेरि अग्रता पायो । एलेक्सिस मक–यालिस्टरले ३० यार्ड टाढाबाट प्रहार गर्दै उत्कृष्ट गोल गरे । टेटेले पहिलो हाफको अन्त्यतिर गोल गर्दै फुलहमलाई खेलमा फर्काए ।  

८०औँ मिनेटमा बबी रिडको गोलबाट फुलहमले अग्रता पायो । तर, लिभरपुलले अन्तिम समयमा दुई गोल गर्दै रोमाञ्चक तरिकाले खेल जित्यो । वटारु एन्डोले बक्स बाहिरबाट गोल गर्दै खेल बराबरीमा ल्याएका थिए ।

त्यसको एक मिनेटपछि नै अलेकज्याण्डर–आर्नोलले बक्सको छेउबाट गोल गर्दै लिभरपुलको जित पक्का गरे । यो जितपछि लिभरपुल १४ खेलमा ३१ अंकका साथ दोस्रो स्थानमा छ । पराजित फुलहम १४ खेलबाट १५ अंकसहित १४औं स्थानमा छ । 





  • प्रकाशित मिति : मंसिर १८, २०८० साेमबार ७:५०:५३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया