logo-img

शान्तिनगरमा अशान्त : खुकुरी प्रहार गरी एकल महिलाको हत्या, छिमेकी पक्राउ

सुनसरीको इटहरी उपमहानगरपालिका –२ शान्तिनगरमा एकल महिलाको वीभत्स हत्या भएको छ ।  

घर पछाडिको गोठमा गोबर फाल्दै गरेकी एकल महिला ६८ वर्षीया मधेमाया पुरीलाई आइतबार दिउँसो ३ बजे स्थानीय युवा सन्तोष राईले खुकुरी प्रहार गरी हत्या गरेको इटहरी प्रहरीले जनाएको छ ।

खुकुरी प्रहारबाट गम्भीर बनेकी ६८ वर्षीया पुरीको घटनास्थलमै मृत्यु भएको हो । घटनामा मृतककी बुहारी सरू पुरी घाइते भएकी छन् । सासुलाई खुकुरी हानेको प्रत्यक्ष देखेपछि उनलाई पनि प्रहार गरिएको र पाखुरामा चोट लागेको प्रहरीले जनाएको छ । 

घटनालगत्तै प्रहरीले हत्यामा संलग्न राईलाई पक्राउ गरी अनुसन्धान थालेको छ । 





  • प्रकाशित मिति : मंसिर १९, २०८० मंगलबार ९:५८:४९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया