मेक्सिकोमा शक्तिशाली भूकम्प

मेक्सिको सिटीमा शक्तिशाली भूकम्पको धक्का महसुस गरिएको छ । अमेरिकी भूगर्भ सर्वेक्षणका अनुसार बिहीबार दिउँसो २ बजेर ३ मिनेटमा  भूकम्प गएको हो । भूकम्पको तिव्रता ५.८ रेक्टर स्केल मापन गरिएको थियो । 

भूकम्पले मेक्सिको सिटीका भवनहरू नराम्रोसँग हल्लिएका थिए । भूकम्पपछि स्थानीयहरू खुला सडकमा बसिरहेको एजेन्सीले बताएका छन् । 

अहिलेसम्म भूकम्पको क्षतिको कुनै विवरण भने सार्वजनिक भएको छैन । भूकम्पको केन्द्र पुएब्ला राज्यको मेक्सिको सिटीबाट करिब २ सय किलोमिटर दक्षिणमा थियो  । 





  • प्रकाशित मिति : मंसिर २२, २०८० शुक्रबार ९:५५:२४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया