इजरायली मन्त्रीका छोरा गाजा युद्धमा मारिए

इजरायल–गाजा क्षेत्रमा जारी युद्धमा इजरायलका एक मन्त्रीका छोरा मारिएका छन् । पूर्वसैन्य प्रमुखसमेत रहेका गाडी इसेनकोटका छोरा २५ वर्षीय मेजर गल आइसेनकोटको गाजा युद्धमा मारिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

मेजर आइसेनकोट सुरुङको शाफ्ट विस्फोटबाट गम्भीर घाइते भएका र उपचारका लागि अस्पतालमा पुर्याउँदा चिकित्सकले मृत घोषणा गरेको बताइएको छ । इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले आइसेनकोट ‘सच्चा नायक’ भएको भन्दै उनको मृत्युले आफू र उनकी श्रीमतीको मन टुटेको बताएका छन् ।  

‘हाम्रा नायकहरू व्यर्थमा मरेका छैनन् । हामी विजयी नभएसम्म लडाइँ जारी राख्नेछौँ’, प्रधानमन्त्री नेतान्याहुले भने । ६३ वर्षीय गाडी आइसेनकोट, सन् २०१५/१९ सम्म इजरायलको चीफ अफ द जनरल स्टाफको रूपमा सेवा गरेका लडाइँमा खटिएका सेवा निवृत्त जनरल हुन् ।  

राष्ट्रिय एकता पार्टीका एक सांसद, उनी ७ अक्टोबरमा हमासले इजरायलमा हमला गरेपछि स्थापित नेतन्याहूको आपतकालीन सरकारको वर्तमान सदस्य बनेका थिए । 

इजरायलले गाजामा हवाई बमबारी र भूमि आक्रमण सुरु गरेको जारी राखेको छ । जसमा अहिलेसम्म १७ हजारभन्दा बढी मानिसको मृत्यु नभएको जनाइएको । मारिनेमा अधिकांश सर्वसाधारण नागरिक छन् । आक्रमणपछि हजारौं मानिस भग्नावशेषमा बेपत्ता भएका छन् ।  





  • प्रकाशित मिति : मंसिर २२, २०८० शुक्रबार ९:५९:८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया