प्रधानमन्त्रीका सल्लाहकार गजुरेलले दिए राजीनामा, छोरीको हालीमुहाली चलेको आरोप

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै उनका राजनीतिक सल्लाहकार हरिबोल गजुरेलले राजीनामा दिएका छन्। गजुरेललाई मन्त्रीसरहको सेवासुविधा दिने गरी प्रधानमन्त्रीले राजनीतिक सल्लाहकार बनाएका थिए । 

एनसेल प्रकरणमा प्रधानमन्त्री दाहालको नाम मुछिइरहेका बेला उनका राजनीतिक सल्लाहकारको राजीनामालाई अर्थपूर्ण रूपमा हेरिएको छ । प्रधानमन्त्री दाहाल परिवारवादमा फसेको र सल्लाहाकारका रुपमा आफ्नो भूमिका नभएको भन्दै गजुरेलले पद छाडेका हुन् । 

प्रधानमन्त्रीका कामकारबाहीमा स्वकीय सचिवसमेत रहेकी छोरी गंगाले हस्तक्षेप गरेको गजुरेलको गुनासो छ। त्यस्तै उनले आफ्नो गृह जिल्लाको राजनीतिक गतिविधिमा पनि आफूलाई बाइपास गरेको उनको आरोप छ । 

माओवादी स्रोतले भने उनी पार्टीको काममा व्यस्त हुनुपरेकाले राजीनामा दिनएको दाबी गरेको छ । केहीले भने उनले राष्ट्रिय सभा सदस्य बन्नका लागि सल्लाहकारबाट राजीनामा गरेको आकलन गरेका छन् । 





  • प्रकाशित मिति : मंसिर २४, २०८० आइतबार २२:२८:४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया