जाजरकोट भूकम्प : ९ करोड बराबरको खाद्यान्न नष्ट, साढे ९० हजार मानिस प्रभावित
फाइल तस्बिर

जाजरकोट भूकम्पबाट ९ करोड रुपैयाँभन्दा बढी मूल्यको खाद्यान्न नष्ट भएको छ । कृषि विकास कार्यालय जाजरकोटका अनुसार भूकम्पबाट ३४ हजार ५ सय १ घरमा भण्डारण गरिएको ९ करोड २६ लाख ५८ हजार ९ सय रुपैयाँ बराबरको खाद्यान्न पुरिएर नष्ट भएका हो ।

६.४ म्याग्निच्युटको भूकम्पले भत्किएका ३४ हजार ५ सय १ घरमा भण्डारण गरिएको धान, मकै, गहुँ, र कोदोजस्ता अन्न तथा खाद्यान्न पुरिएर नष्ट भएको कार्यालयले जनाएको छ । 

कार्यालयका सूचना अधिकारी टोपेन्द्र विश्वकर्माले दिएको जानकारीअनुसार २८ लाख २८ हजार ७ सय २५ किलो धानसहित मकै, गहुँ, कोदोलगायत अन्न पुरिएर नष्ट भएको छ । 

जाजरकोट भूकम्पले जिल्लाभर ५ करोड ४१ लाख ४२ हजार १ सय ७२ बराबरको पशुपन्छीको क्षति भएको छ । जाजरकोटमा मात्र भूकम्पबाट ९० हजार ५ सय ६७ मानिस प्रत्यक्षरूपमा प्रभावित भएका छन् । गत १७ कात्तिकमा रामीडाँडालाई केन्द्रविन्दु बनाएर गएको भूकम्पबाट ९ हजार ७ सय ९४ घर पूर्णरूपमा क्षतिग्रस्त भएका छन् ।



खाद्यान्न भण्डारण गर्न आग्रह 

कृषि क्षेत्रमा जोडिएका अधिकांश मानिस अन्यत्र काममा पनि संलग्न हुनुपर्ने भएकाले भूकम्प प्रभावित क्षेत्रमा खाद्यान्न समस्या हुने हो कि भन्ने चिन्ता थपिएको छ । खेतबारी लगाएको अन्नबाली भएको ठाउँमा अस्थायी टहरादेखि त्रिपाल टाँग्ने काम भएकाले खाद्यान्न उत्पादनमा कमी आउने जनाइएको छ । 



जिल्लाको बारेकोट गाउँपालिका बर्सेनि खाद्यान्न अभाव हुने क्षेत्र हो । जिल्ला प्रशासन कार्यालयले खाद्यान्न जोहो गरेर भण्डारण गर्न आग्रहसमेत गरेको छ । रासस 

  • प्रकाशित मिति : मंसिर २५, २०८० साेमबार ७:१८:२४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया