सरकारले अब नेपालमा लगानीको वातावरण बनाउँछ  : अर्थमन्त्री महत

अर्थमन्त्री डाक्टर प्रकाश शरण महतले लगानीको वातावरण बनाउन सरकार प्रतिबद्ध रहेको बताएका छन् । 

सोमबार अर्थमन्त्रालयमा आयोजित तेस्रो लगानी शिखर सम्मेलनबारे सरोकारवालासँगको परामर्श बैठकमा उनले सरकारले लगानीकर्ताको चाहना बमोजिमको वातावरण बनाउन सरकार तयार रहेको बताएका हुन् । 

लगानीकर्तालाई आकर्षण गर्न लगानीको वातावरण मात्रै नभएर उनीहरूको लगानीको सुरक्षा र प्रतिफलको समेत ग्यारेन्टी हुनुपर्ने कुरामा सरकार गम्भीर रहेको बताए । मुख्य गरी पर्यटन, कृषि तथा सूचना प्रविधि क्षेत्रमा लगानी भित्र्याउन सरकारले प्रयास गरिरहेको उनले बताए । 

सो अवसरमा सरोकार वालाले सरकारले गर्नु पर्ने तयारी र कामबारे प्रष्ट रुपमा सुझाव दिन आग्रह गरेका थिए । सरकार सो सम्मेलनअघि नै आवश्यक आधारभूत तयारी गर्न तयार रहेको पनि प्रष्ट पारे।  





  • प्रकाशित मिति : मंसिर २५, २०८० साेमबार १६:६:२३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया