logo-img

चार प्रदेशमा हिमपातको सम्भावना, सतर्कता अपनाउन अनुरोध
फाइल तस्बिर

बुधबार पनि देशका केही स्थानमा हल्का वर्षाका साथै हिमपातको सम्भावना रहेको छ ।  

मौसम पूर्वानुमान महाशाखाका अनुसार आज कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागका एक/दुई स्थानमा हल्का वर्षा र कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानमा हल्का हिमपातको सम्भावना रहेको हो ।

यस्तै, राति  कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ । कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एक/दुई स्थानमा भने हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।



महाशाखाका अनुसार आज बिहान देशका पहाडी भू–भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम सामान्यतः सफा रहेको छ । 

तराईका थोरै स्थानमा भने हुस्सु र कुहिरो लागेको छ ।  हाल नेपालमा पश्चिमी वायुको प्रभाव रहेको महाशाखाले जनाएको छ । केही स्थानमा वर्षा र हिमपातको सम्भावना रहेकाले त्यसबाट हुन सक्ने असरबाट जोगिन सतर्कता अपनाउन पनि महाशाखाले अनुरोध गरेको छ । 
 





  • प्रकाशित मिति : मंसिर २७, २०८० बुधबार ६:३९:२०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया