logo-img

कीर्तिमानी पर्वतारोही पुर्जालाई मानार्थ विद्यावारिधी

विश्व कीर्तिमानी आरोही निर्मल पुर्जा ‘निम्सदाइ’ लाई बेलायतको लफबोरो विश्वविद्यालयले मानार्थ विद्यावारिधीको उपाधि प्रदान गरेको छ । पुर्जाले आरोहणका क्षेत्रमा प्राप्त गरेको अविश्वसनीय उपलब्धिलाई सम्मान गर्दै विश्वविद्यालयले आफ्नो शीतकालीन दिक्षान्त समारोहमा उक्त उपाधि दिएको हो ।

दीक्षान्त समारोहमा विश्वविद्यालयप्रति कृतज्ञता प्रकट गर्दै पुर्जाले भने,  ‘शिक्षामा जीवन र समुदाय परिवर्तन गर्ने शक्ति हुन्छ । त्यसैले शिक्षा मेरो परोपकारी निम्सदाइ फाउन्डेसनको मुख्य स्तम्भ हो, जुन मैले मेरो जन्मभूमिका पहाडी समुदायलाई फर्काउन मद्दत गर्ने उद्देश्यले स्थापना गरेको छु ।’  

समारोहमा लफबरो युनिभर्सिटीका उप–कुलपति प्रोफेसर निक जेनिङ्सले निर्मलका उपलब्धि सर्वत्र प्रेरणादायक रहेको बताउँदै भने, यदि तपाईँसँग आफ्नो लक्ष्यमा पुग्ने दृढ संकल्प र साहस छ भने त्यो सम्भव हुन्छ भनेर पुर्जाले देखाएका छन् । हामी अविश्वसनीय रूपमा गर्व गर्छौँ कि उनी लफबरो समुदायको हिस्सा हुन र हामी उनका उपलब्धिलाई मानार्थ विद्यावारिधिका साथ पहिचान गर्न सक्षम भएका छौँ ।’ 



पुर्जा लफबरो विश्वविद्यालयका पूर्वछात्र पनि हुन् । उनले विश्वविद्यालयको बिजनेस स्कुलबाट सन २०१४ मा सुरक्षा व्यवस्थापनमा स्नातकोत्तर डिप्लोमा अध्ययन पूरा गरेका थिए । 

सन २०१९ मा उनी  पहिलोपटक ६ महिना, ६ दिनमा विश्वका १४ वटा ‘डेथ जोन’ चुचुरो आरोहण गरेपछि सार्वजनिक चर्चामा आएका थिए । उनको अविश्वसनीय यात्रा सन २०२१ को नेटफ्लिक्स फिल्म ‘१४ पीक्सः नथिंग इज इम्पोसिबल’ मा कैद गरिएको थियो ।



नेपालमा जन्मेका पुर्जाले १६ वर्ष बेलायती सेनामा बिताएका थिए । जसमध्ये उनले ६ वर्ष गोर्खा रेजिमेन्ट र १० वर्ष बेलायतको विशेष बलमा सेवारत थिए । ज्ञातव्य रहोस्, उनलाई बेलायतकी तत्कालीन महारानी एलिजाबेथ द्वितीयाबाट ‘एमबिई’ उपाधि पनि प्राप्त छ ।   



  • प्रकाशित मिति : पुस १, २०८० आइतबार ११:४९:४४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया