संसदमा ‘अत्यन्त गम्भीर’ सुरक्षा उल्लंघन भयो : भारतीय प्रधानमन्त्री मोदी

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आइतबार भारतीय संसदको तल्लो सदन लोकसभामा भएको सुरक्षा उल्लङ्घनको घटना ‘अत्यन्त गम्भीर’ भएको बताएका छन् । मोदीले यस विषयमा बहस गर्नुपर्ने आवश्यकता नभएपनि यसको पछाडि रहेका व्यक्तिहरू पत्ता लगाउन ‘बृहत् अनुसन्धान’ गर्नुपर्ने बताएका छन् ।

बुधबार दुई जना युवाले आगन्तुक दीर्घाबाट लोकसभामा हाम फालेर रङ्गको धुलो फ्याँकेका थिए । सोही समयमा एक पुरुष र एक महिला गरी अन्य दुई जनालाई प्रहरीले संसद बाहिरबाट हिरासतमा लिएको थियो ।

घटनामा संलग्न चारजनाबाहेक संदिग्ध अन्य दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।उनीहरूले अनुसन्धानकर्ताहरूलाई आफ्नो उद्देश्य मणिपुर हिंसा, बेरोजगारी र किसानहरूको समस्याप्रति ध्यान आकर्षित गर्नु रहेको बताएका छन् ।

विपक्षी सांसदहरूले संघीय गृहमन्त्री अमित शाहसँग संसदभित्र भएको सुरक्षा उल्लङ्घनबारे बयान दिन माग गर्दै आएका छन् । यो विषयले संसदको दुवै सदनको बैठक अवरुद्ध भएका छन् ।

विपक्षीले गृहमन्त्रीको वक्तव्य माग गरेपछि तल्लो सदनका १३ र राज्य सभाका एक सदस्यलाई निलम्बित गरिएको थियो । शनिबार लोकसभाको तल्लो सदनका सभामुखले सुरक्षा उल्लङ्घनको गहन अनुसन्धानका लागि उच्चस्तरीय छानबिन समिति गठन बताएका थिए ।  





  • प्रकाशित मिति : पुस १, २०८० आइतबार २०:५९:२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया