logo-img

मानिसको सबैभन्दा रूचिको विषय मानिस : राजेश हमाल

चलचित्र अभिनेता राजेश हमालले एउटा मानिसको लागि सबैभन्दा रूचिको विषय अर्को मानिस भएको बताएका छन् । शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले हरेक मानिसले आफ्नोभन्दा अर्को मानिसले गरेका क्रियाकलापमा बढी चासो दिने बताए ।  

हमालले हरेक मानिसले अर्को मानिसलाई केन्द्रबिन्दुमा राखेर आफ्ना क्रियाकलाप र कामहरू गर्ने बताए ।  

‘एउटा मानिसको सबैभन्दा रूचिको विषय अर्को मानिस हो । अन्य क्रियाकलाप जुन हामी गरिरहेका छौँ, किन भन्दा त्यहाँ अर्को मानिस छ । त्यहाँ समाज छ । त्यसकारण हाम्रो केन्द्रविन्दुमा आउने भनेको अर्को व्यक्ति हो, समाज हो,’ हमालले भने, ‘अर्को व्यक्तिले के गर्छ, के भन्छ, जुन जीवन हामी जिइरहेका छाैँ, अर्को व्यक्तिले त्यो जीवन कसरी जिइरहेको छ । जुन जीवनलाई हामीले हाम्रो भावना, दृष्टिकोण छ, अर्को व्यक्तिको भावना र दृष्टिकोण कस्तो छ भन्नेकुराले सार्थकता दिइरहेको छ ।’ 



उनले हरेक व्यक्तिको अभिव्यक्तिले मानिसको जीवनको भावनाको सार्थकता पाउने बताए । 





  • प्रकाशित मिति : पुस ६, २०८० शुक्रबार १९:३२:१५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया