सलाहको गोलमा हारबाट जोगियो लिभरपुल, आर्सनल शीर्ष स्थानमा कायमै

इंग्लिस प्रिमियर लिग फुटबलमा लिभरपुल र आर्सनल एक–एक गोलको बराबरीमा रोकिएका छन् । गएराति लिभरपुलको घरेलु मैदान एन्फिल्डमा दुवै टोलीले १–१ गोलको बराबरी खेलेका हुन् । 

अग्रता जोगाउन नसक्दा आर्सनल खेल जित्न चुक्यो । चौथो मिनेटमा मार्टिन ओडेगार्डको फ्रिकिकलाई डिफेन्डर गेब्रियलले गोलमा परिणत गरेका थिए । 

लिभरपुलले २९औँ मिनेटमा बराबरी गोल फर्कायो । ट्रेन्ट अलेक्ज्येन्डरको लामो पासलाई सदुपयोग गर्दै मोहम्मद सलाहले गोल गर्न सफल भए ।

बराबरीपछि १८ खेलबाट ४० अंकसिहत आर्सनल शीर्ष स्थानमा कायमै छ । समान खेलबाट ३९ अंक जोडेको लिभरपुल दोस्रो स्थानमा छ ।

शनिबार नै भएको अर्को खेलमा म्यानचेस्टर युनाइटेडले वेस्ट हामसँग २–० को हार बेहोर्‍यो । यस्तै, टोटेनहामले एभर्टनलाई २–१ गोल अन्तरले हरायो । 





  • प्रकाशित मिति : पुस ८, २०८० आइतबार ७:१०:४९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया