logo-img

चिसोमा देखिन्छ छालामा समस्या, कसरी गर्ने स्याहार ?

चिसो याममा प्रायः छाला धेरै सुख्खा हुने समस्या सबैलाई देखिन्छ । चिसो मौसममा छालामा धेरै प्रकारका समस्या देखिन्छन् । चिसोमा छाला सुख्खा हुने, छाला फुस्रो हुने लगायतका समस्या देखिने गर्छ । यो समयमा धेरैले अनुहार र हातलाई बढी स्याहार गरेको पाइन्छ ।

जाडो मौसममा छाला सुख्खा हुँदा चहर्‍याउने, चिलाउने, पोल्ने, फुट्ने, औँलाहरू रातो भएर सुन्निने र घाउ हुनेजस्ता समस्याले प्रायः लाई सताउँछ । त्यसैले, जाडो मौसममा अनुहार र हातलाई मात्रै स्याहार नगरी शरीरको सम्पूर्ण छालालाई ध्यान दिनुपर्छ ।

छालामा सुख्खापन 



जाडोमा धेरैले चिसो हुन्छ भनेर गर्मी याममा भन्दा कम पानी पिउँदा छालामा सुक्खापन आउँछ । यसका साथै चिसो याममा तातो पानीले नुहाउँदा, साबुनको धेरै प्रयोग गर्दा छालामा समस्या आउने गर्छ । जाडोमा धेरै लामो समयसम्म घाममा बस्दा शरीरमा घामका विकिरण छिर्दा पनि छालामा समस्या आउन हुन सक्छ ।

जाडोमा छाला माया गरौँ 

जाडो मौसममा छालामा समस्या आउन नदिन सबैभन्दा पहिला प्रशस्त मात्रामा पानी पिउनु पर्छ । यसका साथै खानपानमा पनि विशेष जोड दिनपर्छ । अत्यधिक बास्ना आउने साबुनले नुहाउँदा छालामा धेरै सुक्खापन आउन सक्छ । त्यसैले जाडो र गर्मी मौसममा नुहाउँदा प्रयोग गरिने साबुन फरक हुनुपर्छ ।



जाडोमा नुहाउँदा कसैलाई ग्लिसिरिनयुक्त साबुनको प्रयोग गर्नुपर्ने हुन सक्छ भने कसैलाई मोस्चराइजर साबुन प्रयोग गर्नुपर्छ ।प्रायः मानिसले छालालाई सुख्खा हुन नदिन अनुहार, हात, खुट्टालाई मात्रै बढी ख्याल गरेको देखिन्छ । दैनिक हात, खुट्टामा मोस्चराइजर या नरिवलको तेलको प्रयोग गर्नुपर्छ । नुहाइ सकेपछि मोस्चराइजर लगाउनुपर्छ ।

ओठमा लीपबाम लगाउने, अनुहारमा नियमित सनस्क्रिनको प्रयोग गर्नुपर्छ । जाडोमा सामान्य छाला पनि खस्रो हुने भएकाले छाला सुख्खा हुन नदिन नियमित रूपमा धेरै चिल्लो भएको मोइस्चराइजर क्रिमको प्रयोग गर्नु छालाका लागि लाभकारी हुन्छ । यस्तै, छालालाई चिसोबाट जोगाउन हातखुट्टामा न्यानो पञ्जा तथा मोजा लगाउनु पर्छ ।



जाडोमा ऊनबाट बनेको बाक्लो लुगा लगाउँदा शरीर सुख्खा भएर चिलाउने गर्छ । त्यसले शरीर चिलाउने हुँदा सुतीको पातलो लुगा लगाएर मात्र बाहिरबाट उनीको लुगा लगाउनुपर्छ । 

छालालाई स्वस्थ राख्न सन्तुलित एवं पौष्टिक खानेकुरा खानुपर्छ । सेन्सेटिभ स्किन भएकाहरूका लागि कटन र सिल्कका पहिरन उपयुक्त हुन्छन् । मेकअप उतार्दा पनि कटन बल्स नै प्रयोग गर्नुपर्छ । 

  • प्रकाशित मिति : पुस १०, २०८० मंगलबार ८:१७:२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया