दिल्लीस्थित इजरायली दूतावासनजिकै विस्फोट

मंगलबार साँझ भारतको दिल्लीमा इजरायली दूतावासनजिकै विस्फोट भएको छ । दिल्ली प्रहरीलाई चाणक्यपुरी क्षेत्रमा विस्फोट गराइएको फोन प्राप्त भएपछि प्रहरी घटनास्थलमा पुगेको थियो । 

दिल्ली अग्निसमन सेवाले साँझ करिब छ बजे फोन प्राप्त गरेको थियो । सेवाका निर्देशक अतुल गर्गले भने, ‘अहिलेसम्म घटनास्थलमा केही पनि भेटिएको छैन ।’ घटनास्थलमा दिल्ली क्राइम युनिटको टोली र फरेन्सिक टोली उपस्थित छन् । 

साथै फरेन्सिक विज्ञान प्रयोगशाला (एफएसएल) स्रोतका अनुसार घटनास्थलमा अहिलेसम्म केही पनि फेला परेको छैन । एफएसएल स्रोतले भनेको छ, ‘खोजी जारी छ, विस्फोटको आवाज त्यहाँ उभिएका एक सुरक्षा अधिकारीले सुनेका छन् ।’

‘मैले साँझ करिब ५ बजेतिर एउटा ठूलो आवाज सुनेँ, उक्त आवाज टायर पड्किएको जस्तो थियो, मैले एउटा रुखको छेउमा धुवाँ निस्केको पनि देखेँ,’ दूतावासनजिकै उभिएका सुरक्षा गार्डले भने ।

उक्त सम्बन्धमा स्पेसल सेलको स्रोतले त्यहाँ त्यस्तो कुनै विस्फोट नभएको बताएको छ । थप जानकारीको प्रतीक्षा गरिएको छ । 





  • प्रकाशित मिति : पुस १०, २०८० मंगलबार २२:३२:३०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया