logo-img

उद्योगको लाइन काट्ने निर्णयमा पुनर्विचार गर्न प्राधिकरणलाई अर्थमन्त्रीको आग्रह

अर्थमन्त्री डा. प्रकाशशरण महतले उद्योगको लाइन काट्ने विद्युत् प्राधिकरणको निर्णयमा पुनर्विचार हुनुपर्ने बताएका छन् । उद्योग व्यवसायका साथै समग्र अर्थतन्त्र नै कमजोर रहेका समयमा प्राधिकरणले लिएको अप्रिय निर्णय पुनर्विचार गर्नुपर्ने उनले बताए । 

विभिन्न उद्योगमा भइरहेको अहिलेको दबाबलाई सोचेर मात्रै काम गर्नुपर्ने आवश्यकता रहेको बताउँदै उनले लोडसेडिङका बेला दिएको डेडिकेटेड लाइनको विवादलाई लिएर उद्योगको बिजुली काट्ने कुरामा नेपाल विद्युत् प्राधिकरणले पुनः विचार गर्नुपर्ने बताए । 

साँच्चिकै तिर्नुपर्ने रकम कति हो वा होइन ? भन्ने कुराको निक्र्योल गरी सहज भइसकेपछि यस्ता निर्णय लिन उपयुक्त हुने अर्थमन्त्री महतले बताए । धेरै समय पर्खिसकेपछि प्राधिकरणले अनुकूल समयमा र आर्थिक हिसाबले सहज भएको अवस्थामा यस्तो निर्णय गर्दा राम्रो हुने उनको सुझाब छ । 



‘अहिले सिमेन्टलगायत विभिन्न उद्योगमा अलिकति दबाब भइरहेको अवस्थामा हामीले यसलाई विचार पुर्याएर काम गर्नुपर्छ,’ उनले भने, ‘यो विद्युत् प्राधिकरणको क्षेत्राधिकार हो । तैपनि समग्रतामा अहिले समस्या नै भएको बेलामा, अलिकति सहज भइसकेपछि उनीहरुलाई धेरै दबाब पर्दैन । त्यो विषयमा विद्युत प्राधिकरणले सोच्दा राम्रो हुन्छ ।’ 

कानुन, व्यवस्थाअनुसार तिर्नैपर्ने कुरा त तिर्नुपर्ने, तर अफ्ठ्यारो बेलामा सरकारले राहत दिनुपर्ने उनको भनाइ छ । 





  • प्रकाशित मिति : पुस १०, २०८० मंगलबार २२:४४:६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया