डब्लूएचओका महानिर्देशकको अनुरोध : भविष्यको महामारीका लागि राम्रोसँग तयारी गरौँ

विश्व स्वास्थ्य सङ्गठन (डब्लूएचओ) का महानिर्देशक टेड्रोस अधानोम गेब्रेयससले विश्वले तीन वर्षको कोभिड ‘सङ्कट, पीडा र नोक्सान’ अन्त्य गरेपछि भविष्यको महामारीका लागि राम्रोसँग तयारी गर्न आवश्यक रहेको बताएका छन् ।  

सन् २०२३ को अन्त्यमा आफ्नो सन्देशमा डब्लूएचओका महानिर्देशक गेब्रेयससले सन् २०२३ प्रमुख स्वास्थ्य चुनौतीसँग लड्नका लागि महत्त्वपूर्ण मोड साबित भएको तर यसले ‘अत्यधिक र बच्न सकिने पीडा’ पनि लिएर आएको बताए ।

उनले गाजापट्टीका लागि राहत प्रयासहरूमा तीव्रता ल्याउन आह्वान गर्दै राष्ट्रहरूसँग महामारीका क्रममा सार्वजनिक भएका तयारीको कमीलाई हटाउनका लागि ‘स्मराणार्थक’ महामारी सम्झौतामा छाप लगाउन आग्रह गरे । 

टेड्रोसले मे महिनामा अन्तर्राष्ट्रिय जनस्वास्थ्य आपतकालका रूपमा कोभिड–१९ अन्त्य घोषणा गरेका थिए । ‘तीन वर्षको सङ्कट, पीडा र जतातजै मानिसहरूको क्षतिपछि यो संसारका लागि एउटा महत्त्वपूर्ण मोड हो, जनजीवन सामान्य भएको देखेर मलाई खुसी लागेको छ’, उनले भिडियो सन्देशमा स्मरण गर्दै भनेका छन् ।

टेड्रोसले १० महिनापछि डब्लूएचओले सन् २०२३ मेमा एमपक्समा पनि यस्तै आपत्काल हटाएको बताए । यस वर्ष डब्लूएचओले मलेरिया, डेङ्गु र मेनिनजाइटिसका लागि नयाँ खोपहरू स्वीकृत गरेको छ । यसैबीच अजरबैजान, बेलिज र ताजिकिस्तानलाई मलेरिया मुक्त घोषणा गरिएको छ । 

जलवायु परिवर्तनको स्वास्थ्य प्रभावहरूलाई केही साताअघि आयोजित संयुक्त राष्ट्र सङ्घीय जलवायु सम्मेलन कोप–२८ मा प्रमुखरूपमा देखाइएको टेड्रोसले बताए । ‘यद्यपि सन् २०२३ पनि स्वास्थ्यका लागि अत्यधिक र बच्न सकिने पीडा तथा खतराहरूको वर्ष रह्यो’, उनले भने । 





  • प्रकाशित मिति : पुस ११, २०८० बुधबार ७:७:६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया