लिभरपुल फेरि प्रिमियर लिगको शीर्ष स्थानमा

लिभरपुल फेरि इंग्लिस प्रिमियर लिगको शीर्ष स्थानमा उक्लिएको छ । गएराति सम्पन्न खेलमा रेलिगेसन जोनको बर्नलीलाई २–० ले हराउँदै लिभरपुल शीर्ष स्थानमा उक्लिएको हो ।

लिभरपुलको जितमा डार्विन नुनेज र डिएगो जोटाले गोल एक–एक गोल गरे । बर्नलीको मैदानमा लिभरपुललाई नुनेजले अग्रता दिलाएका थिए । उनले खेलको छैटौँ मिनेटमा कोडी गाक्पोको पासमा गोल गरे ।   

खेलको अन्तिम मिनेटमा जोटाले गोल गर्दै लिभरपुललाई सहज जित दिलाए । यो जितपछि उसले १९ खेलबाट ४२ अंक जोडेको छ । एक खेल कम खेलेको आर्सनलको ४० अंक छ । 

पराजित बर्नली १९औँ स्थानमा छ । उसको ११ अंक छ ।






  • प्रकाशित मिति : पुस ११, २०८० बुधबार ७:१९:२७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया