logo-img

रोनाल्डो र माने चम्किँदा अल नासरको सानदार जित

अल नासरले साउदी प्रो लिगमा सानदार जित दर्ता गरेको छ । गएराति सम्पन्न खेलमा नासरले अल इत्तिहादविरुद्ध ५–२ को जित दर्ता गरेको हो ।  

अल नासरको जितमा क्रिस्टियानो रोनाल्डो र साडिओ मानेले २–२ तथा एन्डर्सन टालिस्काले एक गोल गरे । इत्तिहादको लागि अब्देराजक हम्दाल्लहको नाममा दुई गोल रह्यो ।    

खेलको १४औं मिनेटमा करिम बेन्जेमाको पासमा हम्दाल्लाहले गोल गर्दै इत्तिहादलाई सुरुवाती अग्रता दिलाए ।



रोनाल्डोले १९औँ मिनेटमा पेनाल्टीमा गोल गर्दै खेललाई बराबरी ल्याए । ३८औं मिनेटमा टालिस्काले अल नासरलाई २–१ को अग्रता दिलाए ।

५१औं मिनेटमा हम्दाल्लाहले २–२ को बराबरीमा ल्याए । खेलको ६६औं मिनेटमा फाबिन्होले रातो कार्ड पाउँदा इत्तिहाद १० खेलाडीमा सीमित भयो । १० खेलाडीमा सीमित भएको फाइदा उठाउँदै अल नासरले थप तीन गोल गर्‍यो ।  



६८औं मिनेटमा रोनाल्डोले अर्काे पेनाल्टीमा गोल गरे । ७५औं मिनेटमा टालिस्काको पासमा मानेले गोल गरे । ८२औं मिनेटमा स्टाभिओको पासमा मानेले गोल गर्दै अल नासरलाई ५–२ को सानदार जित दिलाए । 



यो जितपछि अल नासरले १८ खेलबाट ४३ अंक जोडेको छ । ऊ तालिकाको दोस्रो स्थानमा छ । समान खेलबाट ५० अंक जोडेको अल हिलाल शीर्ष स्थानमा छ । २८ अंक जोडेको अल इत्तिहाद छैटौँ स्थानमा छ । 


  • प्रकाशित मिति : पुस ११, २०८० बुधबार ८:३०:३६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया