logo-img

रोनाल्डो बने २०२३ मा सर्वाधिक गोल गर्ने खेलाडी

पोर्चुगिज सुपर स्टार क्रिस्टियानो रोनाल्डो सन् २०२३ मा सर्वाधिक गोल गर्ने खेलाडी बनेका छन् । साउदी प्रो लिगमा मंगलबार राति सम्पन्न खेलमा अल इत्तिहादविरुद्ध २ गोल गरेसँगै उनले यो उपलब्धि हासिल गरेका हुन् । 

अल नासरमा आबद्ध रोनाल्डोले यस वर्ष ५३ गोल गरेका छन् । उनी जारी सिजनको साउदी प्रो लिगका सर्वाधिक गोल र असिस्टकर्ता पनि हुन् । उनले यस सिजनमा सर्वाधिक १९ गोल गर्दा ९ असिस्ट प्रदान गरेका छन् । 



यस्तै, सन् २०२३ मा सर्वाधिक गोल गर्ने मामलामा रोनाल्डोभन्दा पछाडि बायर्न म्युनिखका ह्यारी केन र पेरिस सेन्ट जर्मेन पीएसजीका केलियन एम्बाप्पे छन् । केन र एम्बाप्पे दुवैले ५२/५२ गोल गरेका छन् ।

उनीहरूपछि म्यानचेस्टर सिटीका अर्लिङ हालान्ड रहेका छन् । उनले यो वर्ष ५० गोल गरेका छन् ।  






  • प्रकाशित मिति : पुस ११, २०८० बुधबार १३:२२:२२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया