logo-img

एस्टन भिल्लाविरुद्ध युनाइटेडको पुनरागमन जित

इंग्लिस प्रिमियर लिगमा म्यानचेस्टर युनाइटेडले एस्टन भिल्लालाई ३–२ गोलले अन्तरले हराएको छ । गएराति सम्पन्न खेलमा युनाइटेडको जितमा रास्मस हइलुन्डले विजयी गोल गरे । 

ओल्ड ट्राफोर्डमा भएको खेलमा २–० गोलले पछि परेको स्थितिबाट युनाइटेडले जित निकालेको हो । एस्टन भिल्लाले पहिलो हाफमै २ गोल गर्‍यो । २१औँ मिनेटमा जना मिक्गिनले गोल गरेका थिए ।

२६ औँ मिनेटमा लियन्डर डेन्डोन्करले गोल गरेपछि घरेलु टोली २ – ० ले पछि परेको थियो । तर, दोस्रो हाफमा एरिक टेन हाखको टोलीले उत्कृष्ट पुनरागमन गर्‍यो । ५९ औँ मिनेटमा अलेहान्द्रो गारान्चोको गोलमार्फत युनाइटेड खेलमा फर्किएको हो  

७१ औँ मिनेटमा पुनः १९ वर्षीय अर्जेन्टाइन गारान्चोले गोल गरेपछि खेल २–२ को बराबरीमा पुग्यो । ८२ औँ मिनेटमा हइलुन्डले गोल गरेपछि युनाइटेडले ३–२ को पुनरागमन जित निकाल्यो ।  

तालिकाको छैटौँ स्थानमा रहेको युनाइटेडको १९ खेलबाट ३१ अंक छ । तेस्रो स्थानको भिल्लाको ३९ अंक छ । गएराति नै भएका खेलमा नटिङघम फरेस्टले न्युक्यासललाई ३–१ ले हराउँदा बर्नमाउथले फुलह्यामलाई ३–० गोलले हरायो ।

यस्तै, लुटन टाउनले शेफिल्ड युनाइटेडमाथि ३–२ गोलको जित निकाल्यो । 






  • प्रकाशित मिति : पुस ११, २०८० बुधबार ९:४:३४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया