भारतमा इजरायली राजदूतावास अगाडि बम विस्फोट

भारतको राजधानी नयाँ दिल्लीस्थित इजरायली राजदूतावास अगाडि बम विस्फोट भएको छ । चाणक्यपुरीमा रहेको इजरायली दूतावास नजिक मंगलबार साँझ बम विस्फोट भएको हो ।  

दूतावास पछाडि रहेको खाली जग्गामा विष्फोटको आवाज सुनिएको थियो । विस्फोट कसले गराएको हो भन्नेबारे अनुसन्धान भइरहेको भारतीय अधिकारीले बताएका छन्  । 

समाचार एजेन्सी ‘पीटीआई’ ले दिल्ली पुलिस स्रोतलाई उद्धृत गर्दै घटनास्थलबाट इजरायली राजदूतलाई सम्बोधन गरिएको पत्र प्राप्त भएको छ । यसमा के लेखिएको छ भन्ने जानकारी दिइएको छैन ।

विष्फोटको आवाज आएको ठाउँबाट केही दूरीमा रहेको दूतावासबाट केही टाढा रहेको एउटा खाली प्लाटमा प्रहरीले एउटा चिठी प्राप्त गरेको हो । पत्र इजरायली राजदूतको नाममा लेखिएको छ । त्यहाँ एउटा झण्डा बेरिएको छ । पत्र प्रहरीको नियन्त्रणमा छ ।

दिल्लीप्रहरीले उक्त क्षेत्रमा कुनै पनि विस्फोटक पदार्थ भने नभेटिएको जनाएको छ । इजरायली दूतावासका प्रवक्ता गायनीरले समाचार एजेन्सी रोयटर्सलाई मंगलबार साँझ ५ः२० बजे दूतावास नजिकै ‘विस्फोट’ भएको बताएका थिए । उनले कर्मचारी पूर्णरूपमा सुरक्षित रहेको पनि पुष्टि गरेका छन् ।

गत ७ अक्टोबरमा गाजाको आतंकवादी संगठन हमासले इजरायलमा प्रवेश गरी १२ सय मानिसको हत्या गरेको थियो । त्यसपछि इजरायलले गाजामा आक्रमण गरिरहेको छ । हालसम्म इजरायलको आक्रमणबाट १६ हजार प्यालेस्टाइनी मारिएका छन् ।
 





  • प्रकाशित मिति : पुस ११, २०८० बुधबार ११:३६:५१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया