logo-img

आफ्नो कार्यालयबाट राष्ट्रपति र प्रधानमन्त्रीको फोटो हटाउने धरानका मेयरको घोषणा

धरान उपमहानगरका मेयर हर्क साम्पाङले आफ्नो कार्यालयमा रहेको राष्ट्रपति र प्रधानमन्त्रीको फोटो हटाउने घोषणा गरेका छन् । 

बुधबार बेलुकी सामाजिक सञ्जालमार्फत उनले यस्तो घोषणा गरेका हुन् । उनले राष्ट्रपति र प्रधान मन्त्रीको फोटो हटाएर यलम्बरको फोटो राखने जानकारी दिएका छन् । 

केन्द्र सरकारले धरान उपमहानगरपालिकालाई महत्व नदिएको भन्दै उनले यस्तो घोषणा गरेका हुन् । 



उनले लेखेका छन्– भोलि म राष्ट्रपति र प्रधान मन्त्रीको फोटो हटाएर यलम्बरको फोटो राख्दैछु ! जुन दिन केन्द्रले धरानलाई महत्व दिन्छ त्यो दिन पुनः उनीहरुको फोटो टाँस्नेछु ’ जय देश !





  • प्रकाशित मिति : पुस ११, २०८० बुधबार २२:३९:४६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया