कामको चाप बढेको विरोधमा जर्मनीका स्वास्थ्यकर्मी आन्दोलित

जर्मनीमा श्वासप्रश्वाससम्बन्धी रोगहरू बढिरहेका बेला योजनाबद्ध हडतालका कारण क्रिसमस र नयाँ वर्षको बीचमा हप्तामा जर्मनीका हजारौं चिकित्सकका कार्यालय बन्द रहने भएका छन् ।

विरचोबन्ड एसोसिएसनका सङ्घीय अध्यक्ष डर्क हेनरिकले हडतालको घोषणा गर्दै भने, ‘तपाईं जहाँ पनि हेर्नुहुन्छ, लगभग सबै चिकित्सकको अभ्यास अहिले अत्यधिक चापमा भएको छ ।’

विरचोबन्डले देशका सबै दर्ता भएका चिकित्सकहरूको हितको प्रतिनिधित्व गर्दछ । जर्मनीमा गत डिसेम्बरमा श्वासप्रश्वाससम्बन्धी रोगको लहर देखापरेको थियो, जसमा फ्लू र विशेष गरी ‘रेस्पिरेटरी सिन्साइटियल भाइरस (आरएसभी)’ का बिरामीको सङ्ख्या बढ्दै गएको थियो । 

सङ्क्रामक रोगका लागि रोबर्ट कोच इन्स्टिच्युट (आरकेआई) को तथ्याङ्कअनुसार देशमा हरेक १० जनामध्ये एक जना क्रिसमसअघि नै बिरामी परेका थिए । 

जर्मनीमा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या पनि बढेको छ । सङ्क्रमितमध्ये ज्येष्ठ नागरिक सबैभन्दा बढी प्रभावित भएका छन् । आरकेआईको तथ्याङ्कअनुसार पछिल्लो ९० लाख भाइरल सङ्क्रमित तीनमध्ये एक जना सार्स–कोभ–२ को नयाँ प्रजातिका कारण भएको थियो ।  

‘जर्मन फाउन्डेसन फर पेशेन्ट राइट्स’का अध्यक्ष युजेन ब्राइस्चले चिकित्सकहरूको हडतालले ‘विशेष गरी वृद्ध र कमजोर मानिसहरूलाई असर पारेको’ भन्दै आन्दोलनको आलोचना गर्दै भने, ‘धेरै मानिसहरू बिरामी भएको समयमा सेवाहरू बन्द गर्न आह्वान गरिएको छ भन्ने कुरा बुझ्नै नसकिने कुरा हो । तथापि, विरचोबन्डले ‘योजनावद्धरूपमा आएको न्यून वजेट’ ले चिकित्सा सेवामा विशेषज्ञहरूको अभावलाई बढाइरहेको छ ।  



पीडब्ल्यूसी (जर्मनी) ले हालै गरेको एक अध्ययनअनुसार सन् २०३५ सम्ममा देशमा दक्ष स्वास्थ्यकर्मीको अभाव बढेर १८ लाख पुग्नेछ । धेरैले आफ्नो जागिर परिवर्तन गर्न खोजिरहेका छन्, जबकि तीन मध्ये एक जना चिकित्सकले मात्र अवकाश सम्म यो पेसामा नै रहने अपेक्षा गरेका छन् ।    



  • प्रकाशित मिति : पुस १२, २०८० बिहीबार ७:५:४७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया