कंगोमा भारी वर्षा : ४० जनाको मृत्यु

कंगोको पूर्वी प्रजातान्त्रिक गणतन्त्रको दक्षिण किभु प्रान्तको राजधानी बुकाभुमा भारी वर्षाले बाढी र पहिरोमा परी कम्तीमा ४० जनाको ज्यान गएको स्थानीय अधिकारीहरूले बताएका छन् । 

प्रान्तीय गभर्नरको कार्यालयकाअनुसार बुकाभुमा कम्तीमा २० जना र वरपरको गाउँ बुर्हिनीमा २० जनाको निधन भएको हो । प्रान्तीय अधिकारीहरुले पीडितहरुको खोजीका लागि प्रभावित क्षेत्रमा उद्धार टोली पठाइएको जानकारी दिएका छन् । 

गत हप्ता दक्षिण किभुको म्वेन्गा क्षेत्रको कालिङ्गी गाउँमा भीषण वर्षाका कारण आएको पहिरोमा परी कम्तीमा २० जनाको मृत्यु भएको थियो । 

मे २०२३ मा दक्षिण किभुको कालेहे क्षेत्रमा भारी वर्षाको कारण बाढी प्रभावित क्षेत्रहरूमा कम्तीमा ४३८ शव फेला परेका थिए । स्थानीय अधिकारीले पाँचभन्दा बढी व्यक्ति बेपत्ता भएको अनुमान गरेका छन् ।

सेप्टेम्बरदेखि मेसम्म चल्ने वर्षाको मौसममा कंगोमा बाढी र पहिरोका घटना अत्यधिक हुने गर्दछन् । 





  • प्रकाशित मिति : पुस १२, २०८० बिहीबार ११:३८:१५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया