logo-img

मुटुलाई कसरी राख्ने स्वस्थ ? यस्ता छन् डा. शर्माका सुझाव

मुटुलाई स्वस्थ बनाउन विभिन्न तत्वको महत्वपूर्ण भूमिका हुन्छ । कतिपय कुरामा आफ्नो नियन्त्रण बाहिरको परिस्थितिमा पनि हुन्छ । जस्तै वंशानुगत समस्या रहेछ भने त्यसलाई परिवर्तन गर्न सकिँदैन । मुटुलाई स्वस्थ राख्न मुटुरोग विशेषज्ञ डा. दीवाकर शर्मा यस्तो सुझाव दिन्छन् : 

– कोही व्यक्तिको पारिवारिक पृष्ठभूमि मुटु रोगसम्बन्धी छ भने उसलाई पनि मुटु रोगको बढ्दो खतरा हुन्छ । 

– नियमित शारीरिक व्यायाम गर्ने । दिनको कम्तीमा आधा घन्टादेखि एक घन्टा –छिटो–छिटो हिँड्ने बानीको विकास गर्ने ।



– धेरै नुनिलो, गुलियो र चिल्लो वा बोसोयुक्त खानेकुरा नखाने ।

– सन्तुलित भोजन गर्ने, जस्तै– हरियो सागपात र फलफूल बढी खाने ।

– धूम्रपान, मद्यपान, लागुपदार्थ र सुर्तीजन्य पदार्थको सेवन नगर्ने ।



– लगातार घाँटी दुख्ने वा रुघाखोकी लाग्ने समस्या भए वेलैमा स्वास्थ्य परीक्षण गराउने ।

– आरामदायी जीवनशैलीले समेत मुटुमा समस्या ल्याउने गर्छ । त्यसैले सकभर गाडी वा मोटरसाइकलको साटो साइकल प्रयोग गर्ने ।



– मोटोपना घटाउने र अव्यवस्थित जीवनशैलीमा सुधार ल्याउने ।

– जंकफुड र केमिकलयुक्त खानेकुराले मुटुलाई असर गरिरहेको हुन्छ । त्यसैले यस्ता खानेकुरा सेवन नगर्ने ।

– उच्च रक्तचापले समेत मुटुमा असर गर्न सक्छ । त्यसैले प्रेसरलाई नियन्त्रणमा ल्याउने ।

– बाथरोगको समयमै पहिचान गरी उपचार गराउने ।

– समय–समयमा स्वास्थ्य परीक्षण गराउने बानी बसाल्ने । 

– तनाव लिँदासमेत मुटुमा समस्या आउन सक्छ । त्यसैले दैनिक जीवनमा धेरै तनाव नलिने ।

– प्रदूषणले मुटुमा असर गर्ने भएकाले धुलो–धुवाँबाट बच्न मास्क प्रयोग गर्ने ।
 

  • प्रकाशित मिति : पुस १३, २०८० शुक्रबार ९:५७:५५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया