विद्यार्थीले सुरु गरे ‘विश्वविद्यालय सडक बहस’

विश्वविद्यालय सुधारको माग गर्दै विद्यार्थीहरूले विश्वविद्यालय सडक बहस सुरु गरेका छन् । शुक्रबार काठमाडौंमा नेपाल ल क्याम्पस अगाडि विद्यार्थीहरूले विश्वविद्यालयको सुधारका माग राख्दै विश्वविद्यालय सडक बहस सुरु गरेका हुन् । 

उनीहरूले विश्वविद्यालयमा राजनीतिक भागबण्डा अन्त्य हुनुपर्ने, शिक्षा प्रणाली गुणस्तरीय बनाउनुपर्ने, विश्वविद्यालयलाई डिजिटलाइजेशन गर्नुपर्ने लगायतका माग राखेका छन् । विश्व विद्यालय सडक बहस कार्यक्रममा बोल्दै नेपाल ल क्याम्पसका विद्यार्थी ओमप्रकाश सुनारले  विश्वविद्यालयहरूमा पठनपाठन गर्ने हरेक गतिविधि निराशाजनक रहेको बताए ।

 उनले पठनपाठनको स्थिति, शिक्षा प्रणाली, समयमै परीक्षा र नतिजा प्रकाशन नहुने लगायत विद्यार्थीका आसाअनुरूपको अध्ययन नहुने समस्या रहेको बताए । उनले विश्वविद्यालयहरू डिजिटलाइजेशन हुनुपर्ने बताए । उनले विद्यार्थीलाई रोजगार र गुणस्तरसँग जोड्न नसके विद्यार्थीहरू अझै धेरै विदेश जाने सम्भावना रहेको बताए । उनले विश्वविद्यालयमा राजनीतिका कारण शिक्षक र कर्मचारी नियुक्ति हुन नसकेको समस्यालाई हटाइ गुणस्तरीय शिक्षा प्रदान गर्नुपर्ने मागसहित विश्वविद्यालय सडक बहस सुरु गरेको बताए । 

कार्यक्रममा सहभागी अन्य विद्यार्थीले विश्वविद्यालय सुधारको बहस सडक र सदनमा पनि उठाउनुपर्ने आवश्यकता रहेको बताए । उनीहरूले विश्वविद्यालयहरूलाई छाता ऐन चाहिएको र अबको विश्वविद्यालय विषयगत विश्वविद्यालय हुनुपर्ने बताएका छन् । 

विश्वविद्यालय सुधारका लागि सबै विद्यार्थी एक भएर अघि बढ्न र दबाब सिर्जना गर्न जरुरी रहेको बताए । विद्यार्थीको हक अधिकार र राजनीतिको नाममा विद्यार्थी राजनीतिक संगठनले सस्तो सम्झौता गरेर टार्नु नहुने बताए ।  





  • प्रकाशित मिति : पुस १३, २०८० शुक्रबार १२:१४:१५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया