सन्दीपलाई ७ देखि १० वर्षसम्म कैद सजायको सम्भावना
फाइल तस्बिर

बलात्कार मुद्दामा दोषी ठहर भएका राष्ट्रिय क्रिकेट टिमका सन्दीप लामिछानेको सजाय २५ पुसमा तोकिने भएको छ ।

सहमतिमा करणी भएको नदेखिएको भन्दै आज जिल्ला अदालत काठमाडौंले सन्दीपले मुलुकी अपराध संहिता २०७४ को दफा २१९ (१, २ र ३) (ङ) बमोजिम कसुर गरेको ठहर गरेको हो ।

मुलुकी अपराध संहिता २०७४ को दफा २१९ (३) ‘ङ’ मा १८ वर्ष वा १८ वर्षभन्दा बढी उमेरकी महिलालाई सहमतिबिना करण गरी ७ देखि १० वर्षसम्म कैद सजाय हुने व्यवस्था छ । 





  • प्रकाशित मिति : पुस १३, २०८० शुक्रबार २०:३४:५८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया