सन्दीप जेलबाहिरै रहेर उच्च अदालतमा पुनरावेदन गर्न सक्छन्
फाइल तस्बिर

बलात्कार मुद्दा दोषी ठहर भएका राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तान सन्दीप लामिछानेलाई ७ देखि १० वर्ष जेल सजाय हुने सम्भावना छ । यद्यपि उनले जेलबाहिरै रहेर पुनरावेदन गर्न सक्नेछन् ।  

१० वर्षभन्दा कम जेल सजाय भएको अवस्थामा जेल बाहिरै रहेर पुनरावेदन गर्न सकिने कानुनी व्यवस्था छ । सन्दीपलाई मुलुकी फौजदारी अपराध संहिता २०७४ को २१९ को १, २ र ३ (ङ) अनुसार सजाय गर्ने फैसला न्यायाधीशले गरेका छन् । 

३ (ङ) को व्यवस्था १८ वर्षभन्दा माथिको युवतीलाई जबर्जस्तीकरणी गर्दा आकर्षित हुन्छ । यसमा ७ देखि १० वर्षसम्म जेल सजाय हुन सक्ने कानुनी व्यवस्था छ ।

सजाय निर्धारणका लागि २५ गते अर्को पेसी तोकिएको छ । सन्दीपले यो फैसलाको विरुद्धमा उच्च अदालतमा पुनरावेदन गर्न सक्छन् । उनले जेल नजाँदै पुनरावेदन गर्न सक्नेछन् ।  

पूर्णपाठ बुझेको ७० दिनभित्र पुनरावेदन गर्न सक्ने कानुनी प्रावधान छ ।   





  • प्रकाशित मिति : पुस १३, २०८० शुक्रबार २०:५६:१२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया