बझाङमा जेसिबी दुर्घटना : चालकको घटनास्थलमै मृत्यु

बझाङमा जेसिबी दुर्घटना हुँदा चालकको घटनास्थलमै मृत्यु भएको छ । सोमबार राति सिमखेतस्थित पुरानो बसपार्क नजिकबाट सु.प.प्र. २४५३ नम्बरको जेसिबी दुर्घटना हुँदा बित्थडचिर गाउँपालिका–६ घर भएका ३० वर्षीय चालक प्रकाश कठायतको घटनास्थलमै मृत्यु भएको हो ।

जेसिबी बसपार्कबाट जयपृथ्वी नगरपालिका कार्यालयतर्फ जाँदै गर्दा सडक खण्डबाट २० मिटर तल खसेको र चालकको सिटमुनि च्यापिन गई घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ ।  

मृतक कठायत जयपृथ्वी नगरपालिकाको जेसिबी मेसिन चलाउँदै आएका थिए । 





  • प्रकाशित मिति : पुस १७, २०८० मंगलबार ७:८:११

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया