नयाँ वर्ष मनाउन नेपाल आएका दुई भारतीय युवकको ट्यांकरको ठक्करबाट मृत्यु

रौतहटमा ट्यांकरले अटोलाई ठक्कर दिँदा दुईजना भारतीय नागरिकको मृत्यु भएको छ । 

गएराति पूर्व–पश्चिम राजमार्गको चन्द्रपुर–५ चिडियादह चोक नजिक सर्लाही जाँदै गरेको प्रदेश २–०३–००१ ख १९२७ नम्बरको तेल बोक्ने ट्यांकरले पूर्वतर्फ आउँदै गरेको ज १ ह ४४८५ नम्बरको अटोलाइ ठक्कर दिँदा अटोमा सवार दुई जनाको मृत्यु भएको हो ।

दुर्घटनामा परी भारतको सितामाढी जिल्ला डुमरी बस्ने ३५ वर्षीय पिंकु सिंह र सोही गाउँ बस्ने २२ वर्षीय अवधेश झाको मृत्यु भएको इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरले जनाएको छ । 

मृतक दुवै अग्रेजी नयाँ वर्ष मनाउन चन्द्रपुर–१ स्थित वाग्मतीको नुनथर आएका थिए । प्रहरीले ट्यांकर चालक दुर्गा भगवती गाउँपालिका–६ गंगापिपराका २६ वर्षिय प्रविण साहलाई नियन्त्रणमा लिएको छ । 
 





  • प्रकाशित मिति : पुस १७, २०८० मंगलबार १२:२९:१५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया