logo-img

अफगानिस्तानका क्रिकेट प्रशिक्षक ट्रोटको कार्यकाल एक वर्ष थप

अफगानिस्तान क्रिकेट बोर्डले प्रशिक्षक जोनाथन ट्रोटको कार्यकाल थप गर्ने निर्णय लिएको छ । भारतमा भएको एकदिवसीय विश्वकप क्रिकेटमा उत्कृष्ट प्रदर्शन गरेको अफगानिस्तान टिमका मुख्य प्रशिक्षक तथा इंग्ल्याण्डका पूर्वब्याटर ट्रोटको कार्यकाल एक वर्ष थप गर्ने निर्णय गरिएको हो । 

अफगानिस्तान क्रिकेट बोर्डले आफ्नो आधिकारिक ट्विटर अकाउन्ट मार्फत यो जानकारी दिएको हो । गत वर्ष बोर्डले जुलाई २०२२ मा १८ महिनाका लागि ट्रोटलाई टोलीको प्रशिक्षक नियुक्त गरेको थियो । उनको प्रशिक्षणमा अफगानिस्तान क्रिकेट टिमले एसिया कप र विश्वकपमा उत्कृष्ट प्रदर्शन गरेको थियो ।

सन् २०२३ को विश्वकपमा अफगानिस्तानले पाकिस्तान, इङ्ल्यान्ड, श्रीलंका जस्ता बलियो टोलीलाई पराजित गरेको थियो । अस्ट्रेलियाविरुद्ध जित नजिक पुगे पनि ग्लेन म्याक्सवेलको २०१ रनको विस्फोटक इनिङका कारण अफगानिस्तानले त्यो खेल जित्न सकेन ।



यो वर्ष टी–२० विश्वकप आयोजना हुँदैछ । आइसिसीको यो ठूलो प्रतियोगिताअघि ट्रोटको कार्यकाल विस्तारले अफगानिस्तान टोलीलाई धेरै राहत दिनेछ । उनी आएपछि अफगानिस्तान टोलीका धेरै खेलाडीको प्रदर्शनमा उल्लेखनीय सुधार आएको छ ।  
 





  • प्रकाशित मिति : पुस १८, २०८० बुधबार ७:०:२६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया