मेयर बालेनले सचिवालय प्रमुखसहित तीन कर्मचारीलाई गरे निलम्बन
फाइल तस्बिर

काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह (बालेन्द्र) ले आफ्नो सचिवालय प्रमुखसहित तीनजना कर्मचारीलाई निलम्बन गरेका छन् । 

महानगरको कार्यपालिकाको निर्णय प्रमाणीकरण र कार्यान्वयनमा अनियमितता गरेको आरोपसहित उनले सचिवालय प्रमुख नुरनिधि न्यौपाने, स्वास्थ्य विभाग प्रमुख रामप्रसाद पौडेल र वरिष्ठ शाखा अधिकृत भगवती बिडारीलाई निलम्बन गरेका हुन् । 

कर्मचारी विवादपछि महानगरको प्रमुख प्रशासकीय अधिकृत बसन्त अधिकारी बिदामा बसेका छन् । कार्यपालिका बैठकले १९ नम्बर वडाको स्वास्थ्य प्रवर्द्धन केन्द्रमा ५ जना कर्मचारीलाई निरन्तरता दिने गरी निर्णय गरेको थियो । तर, निर्णय प्रमाणीकरण गर्दा ६ जना उल्लेख गरेको पाइएपछि छानबिन थालिएको हो । 





  • प्रकाशित मिति : पुस १८, २०८० बुधबार ९:१०:२९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया